आजको राशिफल


मेष

 व्यर्थको कुरामा धन र समय खर्च हुन सक्ला। व्यापार व्यवसायमा लाभ मिल्नेछ। रोकिएका कार्यहरू सफलतापूर्वक सम्पादन हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

 विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा शिक्षकको साथ र सहयोग मिल्नेछ। स्वरुचिको कार्य मिल्नाले मन प्रसन्न रहनेछ। आयस्रोत बढ्नेछ। राजकीय मामिलाहरू सुल्झिनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

 सामाजिक दायित्व पूरा गर्नमा सफलता पाइनेछ। प्रयत्न गरेका कार्य सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

तुला

 कार्यक्षेत्रको तनावलाई लिएर घरपरिवारको माहोल खराब हुन सक्छ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। साहित्य वा लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

धनु

 प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। यात्रा सुखदायी रहनेछ। परिवारको साथमा रमाइलो समय बित्नेछ। कार्यक्षेत्रमा कार्यलाई दोहोर्याएर गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

 साझेदारी व्यापारमा नयाँ कार्यको रूपरेखा बन्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सोचेजस्तो सहयोग नपाइएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृष

उद्योग व्यापारमा लाभ मिल्नेछ। नयाँ योजनाहरु बनाउँदा शुभचिन्तकहरूको सल्लाह लिनुहोला। कार्यक्षेत्रमा अरुको विश्वासमा आफ्नो कार्य नछोड्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

 आफ्नो निजी कार्यसम्पादन गर्नमा समय लाग्ला। नोकरी वा पेशामा समयमा कार्यसम्पादन गर्नलाई मित्रहरूको सहायता लिनुपर्ला। आफन्तहरूको साथमा रमाइलो समय बित्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

 पुरानो कुराहरूलाई भुलेर अगाडि बढ्ने प्रयास गर्नुहोला। नोकरी वा पेशामा आत्मश्वासको साथ आफ्नो कुराहरू अगाडि राख्नुहोस्। खर्चमा नियन्त्रण राख्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

 कार्यक्षेत्रमा अनुभवको कमीले लिएका निर्णयहरूमा प्रश्न चिन्ह लाग्न सक्ला। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनुको साथै ज्ञानलाई निखार्ने अवसर रहेको छ। पशुधन वा कृषिबाट लाभ पाइनेछ। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ४ रहेको छ।

मकर

 आकस्मिक धनलाभका योग छन्। स्वास्थ्यमा खानपिनको विशेष ध्यान राख्नुहोला। सवारी साधनमा धन खर्चका योग छन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

मीन

 कार्यक्षेत्रमा रोजगारको नयाँ अवसरहरू मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। छरछिमेकीसँगको विवाद सुल्झिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

२०८१ फाल्गुन २, शुक्रबार ०९:१८ प्रकाशित
ट्रेन्डिङ समाचार