नेप्से ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा बन्द


साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक घटेको छ।

नेप्से ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन अर्थात बुधबार आठ अर्ब ७१ करोडको कारोबार भएकोमा बिहीबार सात अर्ब ९२ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रक लममा ७९ करोड रूपैयाँ कमी आएको हो।

आज ३०२ वटा धितोपत्रको एक करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ वटाको घटेको छ। यस्तै ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन मातृभूमि लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४०८ रूपैयाँ पुगेको छ।

यस्तै, कुमारी सबल योजनाको मूल्य पनि १० प्रतिशतले बढेर प्रति इकाई मूल्य नौ रूपैयाँ ६८ पैसा कायम भएको छ।

बिहीबार न्यादी हाइड्रोपावर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७८१ रूपैयाँ २० पैसामा झरेको छ।

यस्तै, सामुदायिक लघुवित्तको मूल्य ४.९० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ३०८ रूपैयाँ कायम भएको छ।

बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४१५ रूपैयाँमा ३४ करोड १४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०.२८ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार १७५ रूपैयाँमा २६ करोड ८९ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको हो।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले बढेको छ।

यस्तै, लगानी समूहको परिसूचक ०.५२ प्रतिशतले बढेको छ

२०८१ फाल्गुन १, बिहीबार १६:०४ प्रकाशित
ट्रेन्डिङ समाचार