तीन वटा ठगी कसुरका अभियुक्त पक्राउ


तीन वटा ठगी कसुरका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–११ का २६ वर्षीय सुवास चालिसे छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध तीन वटा ठगीका उजुरी रहेको छ ।

प्रहरीका अनुसार उनीविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ३ लाख ६१ हजार, परिसर काठमाडौंमा २ लाख ७५ हजार र वैदेशिक रोजगारसम्बन्धी कसुरमा ८६ हजार ठगीको उजुरी रहेको छ ।

२०८१ माघ २५, शुक्रबार १९:३९ प्रकाशित
ट्रेन्डिङ समाचार