शाखा अधिकृत पदको विज्ञापनका सम्पूर्ण परीक्षा कार्यक्रम स्थगित


लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि मिति २०८१।८।२६ मा प्रकाशित विज्ञापन अन्तर्गतका सम्पूर्ण परीक्षा कार्यक्रम स्थगित गरेको छ। यसअघि दुई वटा परीक्षा स्थगित भइसकेको अवस्थामा यो विज्ञापन पनि स्थगित भएपछि परीक्षार्थीहरू अन्योलमा परेका छन्।

लोक सेवा आयोग, परीक्षा सञ्चालन शाखाले सूचना जारी गर्दै सर्वोच्च अदालत र उच्च अदालत पाटनबाट जारी अन्तरिम आदेश कार्यान्वयन गर्ने क्रममा यस्तो निर्णय गरिएको जनाएको छ।

स्थगित भएका विज्ञापनहरूमा खुला तथा समावेशी अन्तर्गत रा.प. तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदका लागि विज्ञापन नम्बर १६७०१, १६७०२, १६७०३, १६७०४, १६७०५, १६७०६ र १६७०७/०८१-८२ समावेश छन्।

 

२०८१ माघ १५, मंगलवार १३:५८ प्रकाशित
ट्रेन्डिङ समाचार