
कार्यक्षेत्रमा कमीकमजोरी देखिनाले कार्य दोहोराएर गर्नुपर्ला। स्वास्थ्य कमजोर रहेको छ भने आहार विहारमा सावधानी राख्नुहोस्। अध्यात्मतिर रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मिथुन

धन लाभका नयाँ अवसर प्राप्त हुनेछन्। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। स्वास्थ्य सबल रहनेछ। कार्य क्षेत्रमा नयाँ जिम्मेवारी बहन गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
सिंह

कार्यक्षेत्रमा छिटो फलको आशाले गलत कार्य नगर्नुहोला। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। समयको माँग अनुसार चल्ने प्रयास गर्नुहोला। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
तुला

कार्यक्षेत्रमा नयाँ कार्यहरू सिद्ध हुनेछन्। कार्यक्षेत्रको लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। पायक स्थानमा भ्रमणले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
धनु

अध्यात्म वा धार्मिक क्षेत्रमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा नयाँ सम्पर्क बढ्नाले भविष्यमा लाभ मिल्न सक्ला। कार्य प्रारम्भ गर्नुभन्दा अघि योजना बनाएर गर्नुहोस् लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ

आत्मचिन्तन वा परोपकारको भावनामा प्रवृत्त भइनेछ। सरकारी नोकरीमा कामको जिम्मेवारी बढ्नेछ। विद्यार्थीहरूलाई अध्ययनमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।
बृष

नोकरी वा पेशामा समय लागेपनि सोचेको कार्य सम्पादन हुनेछ। मन अशान्त रहनेछ। व्यापार व्यवसायमा आकस्मिक हानि हुने योग छ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्रामा सफलता हात लाग्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
कर्कट

मन उत्साहले भरिपूर्ण रहनेछ। धन र स्वास्थ्य दुवैमा लाभ रहनेछ। शत्रुहरू पराजित हुनेछन्। व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि खर्चमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या

कार्यक्षेत्रमा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। पारिवारिक कारणले मनमा निराशा वा चिन्ता रहनेछ। स्वास्थ्य सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक

वैदेशिक रोजगारको अवसर प्राप्त हुनेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा बाधा आउनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। कार्यक्षेत्रमा अवसरवादीहरूबाट सावधान रहनुपर्ने हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
मकर

दिन ऊर्जावान रहनेछ। मौसमी बिमारीबाट आफूलाई बचाउनुहोस्। कार्यक्षेत्रमा नमागी कसैलाई सल्लाह नदिनुहोला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मीन

कार्यक्षेत्रमा चिताएको कार्य पूर्ण गर्नमा बाधा हुनेछ। नयाँ कार्य प्रारम्भमा गर्न उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। प्रशासनिक वा राज्यपक्षबाट मनमा अज्ञात भय रहनेछ। आय सामान्य रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।


