देशका केही स्थानमा वर्षा र हिमपात सम्भावना


देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको  छ।

बिहानको समयमा भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको उसले बुलेटिनमार्फत जानकारी दिएको छ।

साथै तराइका धेरै भू-भागहरूमा हुस्सु / कुहिरो लागेको छ।

यो प्रणालीको असरले दिउँसोपख कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

साथै सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने पूर्वानुमान छ।

महाशाखाले बिहीबार राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली, कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ।

रातिको समयमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

वर्षा, हिमपात र हुस्सु/कुहिरोको दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

२०८१ माघ १०, बिहीबार १०:३० प्रकाशित
ट्रेन्डिङ समाचार