भूराजनीतिलाई अपजस लगाउनु भनेको आफ्नो कार्यकर्तालाई लुकाउने काम मात्रै हो: प्रधानमन्त्री ओली


प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा एमाले नलाग्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा आयोजित ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले आफ्नो भूअवस्थालाई नबिर्सिएको र भूराजनीतिका नाममा सत्ता स्वार्थमा जाने, सत्ता प्राप्ति वा सत्तामा रहनका लागि जेसुकै पनि निर्णय गर्ने काम एमालेले नगर्ने बताए ।

उनले भने, ‘भूराजनीतिको कुरा गरिरहँदा राष्ट्रिय हितमा अडान नलिने अनि भूराजनीति भनेर भूराजनीतिलाई अपजस लगाएर आफ्नो कायरतालाई लुकाउले भूराजनीति होइन । भूराजनीति भनेको सावधानी, सन्तुलित र दृढताका साथ राष्ट्रिय हितको रक्षा गर्न चनाखो हुनु हो । भूराजनीति भनेको राष्ट्रिय हितको रक्षा गर्नु हो । भूराजनीतिको अवस्थाअनुसार परिस्थितिअनुसार आफ्ना राष्ट्रिय हितहरुको रक्षा गर्नु भूराजनीति हो ।

उनले राष्ट्रिय हितलाई तिलाञ्जली दिन तयार हुने जस्ता स्तरहिन, अनैतिक कामहरु एमालेले नगर्ने बताए । उनले भूराजनीतिलाई अपजस लगाउनु भनेको आफ्नो कायरतालाई लुकाउने काम मात्रै भएको बताए । उनले राष्ट्रिय हितमा अडान लिन सक्नुपर्ने बताए । भूराजनीति भनेको सावधानी, सन्तुलित र दृढताका साथ राष्ट्रिय हितको रक्षा हो ।


गर्न चनाखो हुनु रहेको बताए ।

२०८१ माघ ७, सोमबार १५:४६ प्रकाशित
ट्रेन्डिङ समाचार