काठमाडौं । तामाङ कर्मचारी सञ्जालले तामाङ समुदायलाई प्रशासनिक क्षेत्रमा सहभागिता गराउने उद्देश्यले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
सञ्जालले एक सूचना जारी गरी लोकसेवाका सबै तहबाट लिने शाखा अधिकृत वा सोसरह पदका सबै चरणका परीक्षालाई मध्यनजर राखी उक्त परीक्षाका सबै चरणको तयारी कक्षा सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।
उक्त कक्षा अनलाइन तथा भौतिक माध्यमबाट सञ्चालन हुने जनाइएको छ । सञ्जालले योग्यता र दायरभित्र पर्नेहरुलाई ७ दिनभित्र दर्खास्त दिन अनुरोध गरेको छ ।

२०८१ मंसिर २५, मंगलवार २१:१९ प्रकाशित

