चिनियाँ नागरिकको घरमा लाखौँको चोरी


काठमाडौँ। चिनियाँ नागरिकको घरमा लाखौँ रुपैयाँ चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका २८ वर्षीय मनिष सापकोटा, काभ्रेपलाञ्चोक घर भएका २७ वर्षीय धनेष लामा, नुवाकोट घर भएका २८ वर्षीय डियुक सापकोटा र नुवाकोट घर भएकी २६ वर्षीया श्रीमाया तामाङ रहेका छन् ।

गत असोज २२ गते दिनको अन्दाजी २ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नं। ३२ पेप्सीकोलास्थित अञ्जलि ताम्राकारको साढे ३ तले पक्की घरको माथिल्लो तलामा डेरा गरी बस्ने चिनियाँ नागरिक ५७ वर्षीय लुओ जिया लियानको डेरा कोठाको ताला फोडेर उनीहरूले चोरी गरेका थिए ।

प्रहरीका अनुसार उनीहरूले फलामको सेफ ९लकर० मा राखिएको नगद १९ लाख रुपैयाँ तथा सीसी क्यामेराको हार्डड्राईभ समेतका धनमाल चोरी गरेर फरार भएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गर्न सफल भएको हो ।

२०८१ आश्विन २४, बिहीबार १८:३७ प्रकाशित
ट्रेन्डिङ समाचार