
काठमाडौँ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मबाट सुरेश न्यौपाने निर्देशनमा डेब्यु गर्ने भएका छन् । निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ लगायतका फिल्ममा मुख्य सहायक निर्देशन गरेको अनुभव छ ।
२०८१ भाद्र २४, सोमबार १२:०८ प्रकाशित