फिल्म ‘ममी’को छायाँकन सुरु


काठमाडौँ । सो ट्वान्टीफाईभ ब्यानरमा निर्माण हुने हरर जनराको फिल्म ‘ममी’को छायाँकन सुरु गरिएको छ । राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसर पारेर उपकरणलाई पूजा गर्दै चलचित्र छायाँकन सुरुवात गरिएको हो ।

पूर्णिमा जोशी र समर निरौलाको संयुक्त लेखन रहेको चलचित्रलाई लोकराज जोशी र पूर्णिमा जोशीले निर्माण गरेका हुन्  । चलचित्रका निर्देशक समर निरौला हुन् ।प्रियंका कार्की, सुलक्षण भारती र दीया मास्केको मुख्य भूमिका रहेको चलचित्रमा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई शरद महतोले खिच्नेछन् ।

२०८१ आश्विन १, मंगलवार १७:०२ प्रकाशित
ट्रेन्डिङ समाचार