मृत्युको हल्ला फैलिएपछि कलाकार अधिकारीले भने- ‘म सकुशल घरमै छु’


काठमाडौँ । कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ ले आफू सकुशल रहेको बताएका छन् । बिहानैदेखि सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि उनले आफू सकुशल रहेको बताएका हुन् ।

‘बिहानैदेखि मलाई साथीभाइ, आफन्तको फोनहरू धेरै आइरहेको छ । बाहिर मेरो मृत्युको हल्ला पो फैलिएछ’, उनी भन्छन । ‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको तस्बिर राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयुमा वृद्धि गर्‍यो । अधिकारीको शनिवार बिहानैदेखि सामाजिक सञ्जाल लगायतमा मृत्युको हल्ला फैलिएको हो ।

अधिकारी पछिल्लो समय अभिनयमा ‘काजी साँप’ को रूपमा परिचित छन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’ बाट पाएका हुन् ।

२०८१ भाद्र १५, शनिबार १६:३४ प्रकाशित
ट्रेन्डिङ समाचार