‘पूर्ण बहादुरको सारङ्गी’बाट अलिशाको अभिनय डेब्यु


काठमाडौँ । मोडल अलिशा बास्तोला अभिनयमा डेब्यु गर्ने भएकी छन् । दजनौं म्युजिक भिडियो अभिनय गरेकी उनले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’बाट फिल्ममा डेब्यु गर्न लागेकी हुन् । फिल्मको बिहीबारदेखि भक्तपुरको दुवाकोटबाट दोस्रो चरणको छायांकन सुरु गरेको हो । पहिलो चरणको छायांकन गत जेठमा ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा गरेको निर्माण युनिटले दोस्रो चरणको छायाँकनमा अलिशालाई प्रवेश गराउँदै सुरु गरेको हो ।

विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ । फिल्ममा बालकालकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहनेछ ।

सोसल–ड्रामा जनरामा बन्न लागेको फिल्मले गन्धर्व परिवारको कथामा विषयवस्तु बनाएको छ । फिल्मका निर्देशन सरोज पौडेल हुन् । विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्मलाई वि.सं.२०८२ सालभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण युनिटले जनाएको छ ।

२०८१ श्रावण १०, बिहीबार १५:०३ प्रकाशित
ट्रेन्डिङ समाचार