ADVERTISEMENT

उत्कृष्ट बालकलाकारको उपादि पश्चात् U 14 फुटबलकालागि डेनमार्क जादै श्रेयष


काठमाडौँ । साउन ६ गते आइतबार :- चलचित्र दुईनम्बरिबाट देश तथा बिदेश यु ए ई (Dubai), मलेसिया लगायतका बिभिन्न ठाउँहरुमा समेत लगातार उत्कृष्ट बालकलाकारको उपादिहरु पाए संगै खेलजगतमा पनि अगाडि बढिरहेका श्रेयष पौडेल क्षेत्री (Under 19 Cup) फुटबल खेल्न डेनमार्कको (Hjorring) जोरिङ्ग जादै छन् |

अरियम एकेडेमीबाट नेपालको प्रतिनिधित्व गर्दै दाना कप खेल्न प्रशिक्षक सहित १२ खेलाडी आज डेनमार्कका लागि प्रस्थान गरेका छन् । दिवास अगस्तीको प्रशिक्षण तथा व्यवस्थापनमा दाना कप २०२४ मा श्रेयश पौडेल क्षेत्री सहित रोयल्सा गिरी, प्रिन्स भण्डारी, निर्भिक सिंङ, युश दुलाल, आर्जल अधिकारी, समिक गिरी, आभास तामाङ, प्रतीक उप्रेती, रोशन चन्द, आरोग्य श्रेष्ठ र सुएव शर्मा दुलालले खेल्नेछन् । आजका बालक भोलिका कर्णधार, नेपाललाई नेतृत्व गरेर खेल्ने सम्पुर्ण खेलाडी सहितको समुहलाई शुभकामना ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार