
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको ४५ औं प्रधानमन्त्री बन्ने पक्का भएको छ । भोलि आइतबाार संसदको प्रमुख दल नेपाली कांग्रेसको मुख्य समर्थनमा ओली प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकार ढलेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरिने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमत समर्थनमा सरकार बनाउने प्रस्ताव पेश गर्न दलहरुलाई आइतबार साझ ५ बजे सम्मका लागी समय दिनुभएको थियो । राष्ट्रपतिले आब्हान गरेलगत्तै शुक्रबार राती नै एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनसहित सरकार बनाउन आवश्यक बहुमत सहितको दावी पेश गर्नुभएको थियो । ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहित बहुमत दावी पेश गरेको पत्र बुझनुभएका राष्ट्रपति पौडेलले (आइतबार)आजै ओलीलाई संविधानको धारा ७६ (२) अन्र्तगत प्रधानमन्त्री नियुक्त गर्ने कार्यक्रम तय गरिएको छ ।
ओली आइतबार ५ बजे प्रधानमन्त्रीमा नियुक्त हुने र सोमबार ११ बजे शपथ हुने कार्यतालिका रहेको बताइएको छ ।