नेपाली सेनाको विभिन्न पदका लागि आवेदन खुला, जेठ ३१ सम्म दरखास्त दिन मिल्ने


काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा नयाँ भर्ना खुला गरेको छ।

सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाबाट जारी सूचनाअनुसार, खुला र समावेशी प्रतिस्पर्धात्मक परीक्षामार्फत फलोअर्स पदका लागि दरखास्त माग गरिएको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले स्वयम् उपस्थित भई सम्बन्धित भर्ना केन्द्रमा आवेदन फारम बुझाउन सक्नेछन्। दरखास्त बुझाउने अन्तिम मिति जेठ ३१ गतेसम्म निर्धारण गरिएको छ भने दोब्बर दस्तुर तिरेर असार १ गतेसम्म आवेदन दिन सकिनेछ।

सूचनामा उल्लेख भएअनुसार, उम्मेदवारहरूले आवश्यक कागजातसहित तोकिएको समयमा भर्ना केन्द्रमा उपस्थित हुनुपर्नेछ। विस्तृत विवरण नेपाली सेनाको वेबसाइट वा भर्ना केन्द्रहरूमा उपलब्ध गराइएको सूचनाबाट प्राप्त गर्न सकिन्छ।

२०८२ जेष्ठ २, शुक्रबार १४:२८ प्रकाशित
ट्रेन्डिङ समाचार