नेप्सेमा ८.६२ अंकको गिरावट, कारोबार रकम ६ अर्ब नाघ्यो


काठमाडौँ । साताको पहिलो दिन आइतबार नेप्से सूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा झरेको छ। यद्यपि, कुल कारोबार रकम बढेर ६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। कुल १ करोड ३१ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको हो।

आज ८८ कम्पनीको मूल्य बढ्दा १५७ कम्पनीको घटेको छ। लगानी, म्युचुअल फन्ड, होटल-पर्यटन, र निर्जीवन बीमा बाहेक अधिकांश सूचक ओरालो लागे।

गुडविल फाइनान्स डिबेन्चर र नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्दा विन नेपाल लघुवित्तको सबैभन्दा बढी १० प्रतिशतले घटेको छ।

सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर, राधी विद्युत्, हिमालयन रिइन्स्योरेन्स र नारायणी डेभलपमेन्ट बैंक सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा परे।

२०८१ चैत्र ३१, आईतवार १७:११ प्रकाशित
ट्रेन्डिङ समाचार