सिनामंगलको नागरिक उड्डयन कार्यालय र कोटेश्वरको भाटभटेनीमा आगजनीको प्रयास


काठमाडौँ। काठमाडौंको सिनामंगलस्थित नागरिक उड्डयन कार्यालय र कोटेश्वरस्थित भाटभटेनीमा आगजनी प्रयास भएको छ।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा झडप भएको थियो।

प्रहरीले हवाई फायर, अश्रुग्यास, पानीका फोहरा र लाठीचार्ज गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो।

नेकपा (एकीकृत समाजवादी), तीनकुनेका केही व्यक्तिगत घरमा आजगनी तथा नागरिक उड्डयन कार्यालय र कोटेश्वरस्थित भाटभटेनीमा पनि आजगनी प्रयास भएको छ।

२०८१ चैत्र १५, शुक्रबार १६:२५ प्रकाशित
ट्रेन्डिङ समाचार