मेष

कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नमिल्ला। नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको सल्लाहलाई मान्नुहोस् सफलता मिल्नेछ। पारिवारिक सद्भावमा कमी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
मिथुन

व्यापार व्यवसायमा आफन्तहरू को साथ मिल्नेछ। कार्य विस्तारको सम्भावनामा बल मिल्नेछ। कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
सिंह

वैदेशिक यात्रालाई लिएर गरिएको संघर्षमा सफलता मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। स्वास्थ्यले साथ दिनेछ तर खानपानमा विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
तुला

कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। साहसिक कार्य गरेर आफूलाई चिनाउने मौका रहेको छ। राजकीय मामिलाहरू सुल्झिनाले चिन्तामुक्त रहनुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
धनु

कार्यक्षेत्रमा जोखिम युक्त निर्णय नलिनुहोला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ

नयाँ अवसरहरूलाई पछ्याउन नसक्दा व्यवहारमा पछाडि रहनुपर्ला सचेत रहनुहोस्। कार्यक्षेत्रमा गोपनीयता भंग हुन सक्छ। अरुको विश्वासमा कुनै कार्य नछोड्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
बृष

कार्यक्षेत्रमा आत्मविश्वासमा वृद्धि हुनेछ। घरपरिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्ला। युवाहरूलाई करियरमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट

कार्यक्षेत्रमा प्रतिष्ठित व्यक्तिको साथ र सहयोग मिल्नेछ। नयाँ कार्यको थालीको लागि समय उपयुक्त रहेको छ। गृहणीहरूको सौन्दर्यगत सामानमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कन्या

व्यपार व्यवसायमा मनग्य लाभ मिल्नेछ। कार्यक्षेत्रमा आँटेको काम सम्पादन गर्न सकिएला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक

कार्यक्षेत्रमा नयाँ सम्पर्क पदोन्नतिमा सहायक हुनेछ। धर्मकर्ममा आस्था बढ्नेछ। विद्यार्थी हरूलाई उच्च शिक्षालाई लिएर अनुभवी व्यक्ति को साथ र सहयोग मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
मकर

साझेदारी व्यापारबाट लाभ मिल्नेछ। पारिवारिक झगडाले मनमा असन्तोषको भावना रहनेछ। कार्यक्षेत्रमा नयाँ तकनीकको प्रयोगले मनग्य लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मीन

स्वरोजगारको लागि विदेश तिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्ला। कृषि वा पशुधनमा क्षय हुने सम्भावना रहेको छ। कार्यक्षेत्रमा सकरात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।


