सुनको मूल्यमा गिरावट


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार, आज सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर कारोबार भएको हो ।

बिहीबार चाँदी एक हजार ९८५ रुपैयाँमा कारोबार भएको ।

२०८१ फाल्गुन २३, शुक्रबार १२:०३ प्रकाशित
ट्रेन्डिङ समाचार