सुनको मूल्य तोलामा ९०० ले बढ्यो


काठमाडौं । नेपाली बजारमा बुधबार (फागुन २१) सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ४०० रुपैयाँ कायम छ । मंगलबार (फागुन २०) छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो।

२०८१ फाल्गुन २१, बुधबार १३:०४ प्रकाशित
ट्रेन्डिङ समाचार