स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु


काठमण्डौं । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

बेल्ही निवासी अधिकारीलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि ट्रमा सेन्टर पठाइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

२०८१ फाल्गुन १९, सोमबार २१:०२ प्रकाशित
ट्रेन्डिङ समाचार