आजको राशिफल


 वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। धार्मिक स्थानमा दर्शन आदिको योजना बन्नेछ। भविष्यलाई लिएर योजनाहरू कोरिने छन्। अरू माथि पूर्ण विश्वास गरि नहाल्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

 अनावश्यक खर्चबाट जोगिने प्रयास गर्नुहोस्। मेहनतले नाम र ईनाम दिलाउन सक्छ। परिस्थिति अनुरूप निर्णय लिने प्रयास गर्नुहोला। कार्यक्षेत्रमा पिताको सहयोग प्राप्त होला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह

 नोकरी वा पेशामा सहयोगीहरूले भनेजस्तो सहयोग नदेलान्। व्यर्थको वाद विवादबाट बच्नुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला

 चिताएको कार्यसमयमा सम्पादन हुनाले मन उत्साहित रहनेछ। आम्दानीका नयाँ स्रोतहरू बढ्नेछन्। स्वास्थ्यको लागि आहारविहारमा ध्यान राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

धनु

 पारिवारिक सद्भाव बढ्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। माताको स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

 लगनशीलताले कार्यहरू अगाडि बढ्नेछन्। बोलीको प्रभावले रोकिएको कार्य सम्पादन गर्न सकिनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग बैजनि हो भने शुभ अंक ७ रहेको छ।

बृष

 पहिला गरिएको कार्यबाट प्रसंशा मिल्नेछ। चल अचल सम्पत्तिमा वृद्धि हुनेछ। नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट

 विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछ। रचनात्मक कार्यमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कन्या

 साझेदारी व्यापारबाट लाभ मिल्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। चिताएको कार्य नहुन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

 व्यापार व्यवसायमा लाभ रहनेछ। पशुपालन वा कृषिबाट लाभ प्राप्त गर्न सकिनेछ। आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मकर

आत्मविश्वासमा वृद्धि हुनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। चिकित्सा वा सामाजिक सञ्जालको क्षेत्रमा सफलता मिल्नेछ। योग्यताको उचित मूल्यांकन गरिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मीन

 महत्वपूर्ण कार्यको थालनी हुनेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। युवा वर्गहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

२०८१ फाल्गुन १८, आईतवार ११:१२ प्रकाशित
ट्रेन्डिङ समाचार