आजको राशिफल


मेष

 आज हजुर ऊर्जावान रहनुहुनेछ। मठ मन्दिर यात्राका योग छन्। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। जीवनसाथीबाट उपहार मिल्न सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन

 साझेदारी व्यापारबाट लाभ मिल्ला। रुचिगत कार्य हात लाग्नाले मन प्रसन्न रहनेछ। पारिवारिक सद्भाव बढ्नेछ। दाम्पत्य जीवनमा समस्याहरु सुल्झिनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

सिंह

 कार्यक्षेत्रमा अगाडी गरिएको कार्यबाट लाभ मिल्नेछ। हजुरको रिस हजुरको सबैभन्दा ठूलो शत्रु रहनेछ। सन्तानसँग मनोरञ्जनात्मक पल बित्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

तुला

 साहसिक कार्य गर्ने समय रहेको छ। आफ्नो सोचलाई नयाँ दृष्टिकोण दिनुहोस् सफलता मिल्नेछ। कला वा संगीतको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

धनु

 प्रतिष्ठित काम गर्ने समय रहेको छ। कार्यक्षेत्रमा आत्तिएर कुनै निर्णय नलिनुहोला। आय आर्जन सामान्य रहनेछ। अरूको भर पर्दा काम रोकिन सक्छ ,सजग रहनुहोस् । आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

 आय आर्जनका नयाँ स्रोत बन्नेछन्। अध्ययनमा समय दिन नसकेपनि प्रतिफल राम्रो मिल्नेछ। प्रयत्न गर्दा सेवामूलक कार्य गर्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

बृष

 कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्न सक्छ। स्वास्थ्य सम्बन्धी समस्यामा चिकित्सकको सल्लाह लिनुहोस्। व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

 कार्यक्षेत्रमा मेहनतको उचित प्रतिफल नमिल्ला। शत्रुबाट सावधान रहनुहोला। निर्णायक विषयहरूमा मातापिताको सल्लाह लिनुहोस्। विज्ञान वा संशोधनको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

 पुरानो कुरालाई लिएर पारिवारिक सद्भाव बिग्रिन सक्छ सचेत रहनुहोस्। व्यापार व्यवसायमा आफन्तहरूको सोचेजस्तो सहयोग प्राप्त नहोला। राजनीतिक वा सामाजिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक

 नोकरी वा पेशामा अधिकारी वर्गहरूको कुरालाई ध्यान दिनुहोला। समयमा कार्य सम्पादन गर्नमा सहयोगीहरूको सहयोग मिल्नेछ। आकस्मिक धानहानिका योग छन् ,सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मकर

आज कुनै कुरालाइ लिएर मन अशान्त रहनेछ। व्यवसायिक कार्यमा खर्च बढ्नेछ। आटेको कार्यसम्पादन गर्न अलि गाह्रो हुनेछ। प्रतिरोधात्मक क्षमता बढाउनलाई पौष्टिक भोजनको सेवन गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

मीन

 शुभचिन्तकहरूको कुरालाई ध्यान दिनुहोस्। विद्यार्थीहरूको बौद्धिक क्षमतामा विकास हुनेछ। व्यापार व्यवसायमा पिताको साथ मिल्नेछ। नयाँ कार्य थालनिको लागि उपयुक्त समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

२०८१ फाल्गुन १२, सोमबार १०:१५ प्रकाशित
ट्रेन्डिङ समाचार