काठमाडौं महानगरपालिका–१ जमलस्थित विश्वज्योति हलआगाडि बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५६ वर्षीय अम्बरबहादुर बोगटी छन् । ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका बोगटीलाई मंगलबार बा. ५ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२०८१ फाल्गुन ७, बुधबार १६:३८ प्रकाशित


