उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।
रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।


