सुनको भाउ बढ्दा घट्यो चाँदी,


नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ ।

सोमबार प्रतितोला एक हजार नौ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२०८१ माघ २९, मंगलवार ११:३६ प्रकाशित
ट्रेन्डिङ समाचार