ADVERTISEMENT

नक्कली भुटानी शरणार्थी प्रकरण : निलम्बित सचिव पाण्डेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि थुनामा रहेका निलम्बित सचिव टेकनारायण पाण्डेको मुद्दा आज पनि पेसी तोकिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा उनको मुद्दा पेशी तोकिएको हो ।

आइतबार पनि पाण्डेको मुद्दा प्रधान न्यायाधीशकै इजलासमा पेसी तोकिएको थियो । तर हेर्न नमिल्ने भएपछि स्थगित भएको थियो। आज पनि उक्त मुद्दा हेर्न नमिल्ने हुने देखिन्छ । पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाले अधिकांश प्रतिवादीलाई थुनामा पठाउँदा निलम्बित सचिव पनि थुनामै गएका थिए । त्यस विरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । पाटनले पनि ज जिल्लाकै आदेश सदर गरेपछि पाण्डे सर्वोच्च आएका हुन् ।

उनी पहिलो अभियोग पत्रका प्रतिवादी हुन् । सरकारले पहिलो अभियोग पत्रमा पूर्व मन्त्रीहरु बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहितलाई प्रतिवादी बनाएको थियो ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार