
व्यापार व्यवसायमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको परिणाम मिल्न सक्छ। हातमा लिएको कार्यलाई इमान्दारी साथ गर्नुहोला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
मिथुन

कार्यक्षेत्रमा अधिकारी वर्गहरू हजुरको कार्यशैलीबाट अप्रसन्न रहनेछन्। निर्धारित कार्यक्रम समयमा प्रारम्भ हुनमा बाधा आउनेछ। कानुनी समस्याहरू सुल्झिनेछन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।
सिंह

आफन्तहरूको सहयोगले मनमा आत्मविश्वास बढ्नेछ। यात्रा लाभदायी रहनेछ। विश्वासपात्र मित्रहरूबाट दुःख मिल्न सक्ला। व्यापारमा सामान्य लाभ रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
तुला

कलात्मक कार्यमा कार्यरतहरूलाई समय विशेष रहनेछ। व्यापार व्यवसायमा नसोधिकन लिएको निर्णयहरूबाट हानि हुनेछ। धर्म कर्ममा आस्था बढ्नेछ। नोकरी वा पेशामा नयाँ दायित्वको निर्वहन गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
धनु

कार्यक्षेत्रमा लिएको कामलाई सम्पादन गर्ने प्रयास गर्नुहोला। घरपरिवारमा मांगलिक वा धार्मिक क्रियाकलापहरूमा सम्मिलित हुँदा प्रशन्नता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ

समाजमा मान सम्मान बढ्नेछ। कार्यक्षेत्रमा सोचे अनुरुप सबै कुरा बन्दै जानेछ। आत्मीयजनहरूसँग भेटघाटले मन आनन्दित हुनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
बृष

साझेदारी व्यापारबाट लाभ मिल्नेछ। लामो समयदेखि रोकिएको कार्य प्रारम्भ हुनेछ। जीवनसाथीको साथमा सुमधुर समय व्यतीत हुनेछ। आर्थिक पक्ष कमजोर हुनाले ठूलो योजनाहरू प्रारम्भ गर्नमा बाधा आउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
कर्कट

धार्मिक योजनाहरूको रूपरेखा बन्न सक्ला। कार्यक्षेत्रमा सहकर्मीहरू हजुरको व्यवहारले अप्रसन्न रहनेछन्। मिठो बोली वचनको प्रयोग गरौं। आयस्रोत बढ्नेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
कन्या

कार्यक्षेत्रमा लगनशीलताको उपयुक्त इनाम मिल्नेछ। व्यक्तिगत मामिलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ चुनौतीहरूको सामना गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक

व्यापार व्यवसायमा कार्य गर्दा जोखिमबाट बच्नुहोला। कार्यक्षेत्रमा अधिकारीहरूबाट सहायता मिल्ला। पारिवारिक मामिलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा एउटा कार्य समाप्त गरेर अर्को कार्य प्रारम्भ गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
मकर

घरपरिवारमा पैतृक सम्पत्तिलाई लिएर चलिरहेको वादविवाद सुल्झिनेछ। आफन्तहरूको व्यवहारले मन हतोत्साहित हुनसक्छ। कार्यक्षेत्रमा अरुको सुझावहरूलाई पनि सुन्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
मीन

कार्यक्षेत्रमा कामलाई लिएर चलिरहेको मनमुटाव सुल्झिनेछ। ठेकापट्टा सम्बन्धित कामबाट लाभ प्राप्त होला। व्यक्तिगत वा पेशागत जीवनमा सन्तुलन बनाउने प्रयास गर्नुहोस्। रुचि अनुरुप कार्यमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।


