एलडिसीको तर्फबाट जलवायु अनुकूलन कोषको सदस्य उपसचिव नरेश शर्मा मनोनीत


काठमाडौं । नेपाल अल्पविकसित राष्ट्रहरूको समूह (एलडिसी)को तर्फबाट जलवायु अनुकूलन कोषको सदस्यको रूपमा  पुनः मनोनयन भएको छ ।

अजरबैजानको बाकुमा जारी जलवायु सम्मेलनको क्रममा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धिको व्यवस्थाअनुसार अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा मनोनीत भएका हुन् ।

बोर्ड सदस्यको लागि शर्मालाई नेपाल सरकारले प्रस्ताव गरेको थियो । एलडिसी समूहले शर्मालाई सन् २०२५/२०२६ का लागि बोर्ड सदस्यको रूपमा मनोनयन गरेको हो ।

२०८१ मंसिर ८, शनिबार १७:१० प्रकाशित
ट्रेन्डिङ समाचार