काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनताका समस्याप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।
काठमाडौँमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकार बनेपछि समाज उल्टो दिशातर्फ अघि बढेको र संस्कृति तथा सभ्यतामाथि प्रहार भइरहेको बताए ।
उनले सरकारसँग खर्बौं रुपैयाँ भए पनि विकास निर्माण तथा जनताका समस्या समाधानमा खर्च हुन नसकेको टिप्पणी गरे । शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै ओलीले राज्यका निकायसमेत जिम्मेवारी पूरा गर्न असफल भएको आरोप लगाए ।
देशको स्वाधीनता, स्वाभिमान र अस्मिताको रक्षा गर्न जनता नै अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
सम्बन्धित खबर




प्रतिक्रिया