काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँले घटेर २ लाख ६० हजार ९ सय रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारयता सुनको मूल्य प्रतितोला २३ हजार ४ सय रुपैयाँले घटिसकेको छ। तिहारअघि सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित खबर




प्रतिक्रिया