काठमाडौं । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्। ५२ वर्षीय केसी मंगलबार बिहान प्रहरी अधिकृत निवासको कोठामा अचेत अवस्थामा भेटिएका हुन्।
सहकर्मीले ढोका खोलेर हेर्दा ओछ्यानमा अचेत अवस्थामा फेला पारेपछि उनलाई जिल्ला अस्पताल तम्घास लगिएको थियो। अस्पताल पुर्याइएका केसीलाई चिकित्सकले बिहान ११ः०५ बजे मृत घोषणा गरेका थिए।
घटनाबारे मृतकका दाजुले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। केसीको दाङको घोराहीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया