ADVERTISEMENT

कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ, इनम सापकोटासँगको सम्बन्धबारे अनुसन्धान

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंको कीर्तिपुरस्थित पाँगाबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेले महेश पक्राउ परेको पुष्टि गरेका छन्। यद्यपि, पक्राउको कारणबारे उनले विस्तृत जानकारी दिएका छैनन्।

प्रहरी स्रोतका अनुसार विवादित विचौलिया इनम सापकोटासँग महेशको सम्पर्क र बैंकिङ कारोबार देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

इनम सापकोटासँगको सम्बन्ध र आर्थिक कारोबारलाई लिएर प्रहरीले अनुसन्धान अघि बढाएको बताइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार