प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विद्युत् आपूर्तिमा समस्या आउन नदिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । उनले प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भार तत्काल सम्पन्न गर्न तथा गुनासो आएमा शीघ्र सम्बोधन गर्न निर्देशन दिएका छन् ।
प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ । उक्त दिन आन्तरिक उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण रहेकाले मागभन्दा बढी विद्युत् उपलब्ध हुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् ।
सम्बन्धित खबर




प्रतिक्रिया