ADVERTISEMENT

आज काग तिहार, यमदूतका रूपमा कागको पूजा गरिँदै

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज शनिबार  काग तिहार मनाइँदैछ।

 

कार्तिक कृष्ण त्रयोदशीका दिन सूर्योदय भएकाले शास्त्रसम्मत रूपमा आज काग तिहार मनाइएको हो। यस दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा सम्मानपूर्वक पूजा गरी दहीभातलगायत खानेकुरा दिने धार्मिक परम्परा छ।

 

वैदिक सनातन हिन्दु धर्मअनुसार कागलाई यमराजको दूत मानिन्छ। कागलाई मीठो खानेकुरा दिएर पूजा गरेमा यमराजसमक्ष शुभ सन्देश पुर्‍याउने र यमदण्डबाट उत्पन्न हुने संकटबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ।

 

नेपाली समाजमा काग कराउनुलाई पाहुना आउने वा कुनै सन्देश प्राप्त हुने सङ्केतका रूपमा समेत लिने चलन छ। काग तिहारले धार्मिक आस्थासँगै चराचुरुङ्गीप्रति कृतज्ञता, प्रकृतिप्रतिको सम्मान र मानव तथा पशुपक्षीबीचको सहअस्तित्वको सन्देशसमेत दिने गर्दछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार