ADVERTISEMENT

आँधी ‘अर्नब’ को असरबाट जोगिन हवाई उडानमा सतर्कता अपनाउन निर्देशन

काठमाडौं । भारतको आन्ध्र प्रदेशतर्फ अघि बढ्ने अनुमान गरिएको चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

प्राधिकरणले २८ अक्टोबरमा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक र वायुसेवा कम्पनीलाई आवश्यक सुरक्षा तयारी गर्न आग्रह गरेको हो।

मौसम पूर्वानुमानअनुसार बिहीबारदेखि शनिबारसम्म नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा, हावाहुरी, चट्याङ तथा हिमपात हुन सक्ने सम्भावना छ। यसले उडान तथा अवतरण, भिजिबिलिटी र विमानस्थल सञ्चालनमा असर पार्न सक्ने जनाइएको छ।

प्राधिकरणले प्रतिकूल मौसममा उडान व्यवस्थापन, धावनमार्गको निरीक्षण, मौसमसम्बन्धी सूचना तत्काल प्रवाह तथा आवश्यक परे वैकल्पिक विमानस्थल प्रयोगको तयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार