ADVERTISEMENT

सुन महँगियो, चाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३०० रुपैयाँले बढेको हो।

मूल्य बढेसँगै सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार