काठमाडौं । सिरहाको मार्डरमा प्रहरीले हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ परेका उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको छ।
बिहीबार बिहान प्रहरी गस्ती टोलीलाई देखेपछि भाग्न खोज्दा उनीहरूलाई एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया