ADVERTISEMENT

यी समूहलाई इनर्जी ड्रिंक्स सेवन नगर्न विभागको आग्रह

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ।

विभागले स्वस्थ वयस्कले समेत दिनमा दुई क्यानभन्दा बढी इनर्जी ड्रिंक्स सेवन नगर्न सुझाव दिएको छ। नेपालमा उत्पादित इनर्जी ड्रिंक्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन रहेको विभागले जनाएको छ।

विभागले चिया, कफीलगायत अन्य खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने क्याफिनको मात्रालाई समेत ध्यान दिन आग्रह गरेको छ। साथै, इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध र मोहीजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न तथा अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न सुझाव दिएको छ।

उत्पादक तथा बिक्रेतालाई उत्पादनको लेबलमा आवश्यक चेतावनी र सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा उल्लेख गर्न निर्देशन दिँदै विभागले प्रचलित कानुनविपरीत कार्य गर्नेलाई कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार