ADVERTISEMENT

प्रहरीले नियन्त्रणमा लिएको करिब ११ घन्टा समयपछि चोलेन्द्रशमशेर जबरा रिहा


काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको करिब ११ घन्टा समयपछि रिहा गरेको छ।

आइतबार बिहान महाराजगञ्जस्थित आफ्नै निवासबाट जबरालाई प्रहरीले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको थियो। प्रहरीले सुरक्षा जोखिम देखिएपछि उनलाई सुरक्षित स्थानमा राखिएको जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार सुरक्षा चुनौती देखिएपछि जबरालाई कार्यालयमा ल्याइएको हो। केही समयपछि उनलाई परिवारको जिम्मा लगाइएको प्रहरी उच्च स्रोतले जनाएको छ।

जबरालाई नियन्त्रणमा लिँदा अदालतबाट पक्राउ पुर्जी नलिइएको स्रोतहरूको दाबी छ। प्रहरीले भने उनलाई पक्राउ नगरिएको र सुरक्षाका कारण सुरक्षित स्थानमा राखिएको स्पष्ट पारेको छ।

तर, जबरालाई कस्तो सुरक्षा जोखिम थियो, त्यसको कारण के थियो र निवासमै सुरक्षा व्यवस्था मिलाउनुको सट्टा प्रहरी कार्यालयमै किन लगियो भन्नेबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार