काठमाडौं । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशः घट्ने मौसमविद्ले बताएका छन्। यद्यपि आज देशका विभिन्न भूभागमा वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज विशेषगरी सुदूरपश्चिमका हिमाल, पहाड र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीको तल्लो तथा पहाडी भूभाग, लुम्बिनीको दक्षिणी क्षेत्र र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्नेछ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मधेश, बागमती र कोशीका पश्चिमी भूभागमा समेत वर्षाको सम्भावना रहेको छ। भने आज रातिबाट भारी वर्षाको सम्भावना घट्दै मौसममा सुधार आउने मौसमविद्ले बताएका छन्।
सम्बन्धित खबर


प्रतिक्रिया