ADVERTISEMENT

कालीगण्डकी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे


पर्वत । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्।

नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो। बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका छन् भने बाँकी घरसमेत जोखिममा छन्।

घटनामा हालसम्म मानवीय क्षति भएको छैन। प्रहरीले बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न नसकेको बताइएको छ। घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार