धनगढी । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव खतरा तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार महाकालीमा पानीको बहाव १ लाख ९७ हजार ७७४ क्युसेक पुगेपछि शारदा ब्यारेज हुँदै नेपाल–भारततर्फ आवतजावत गर्ने सवारीसाधनमा रोक लगाइएको हो।
बिहीबार रातिदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै गएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ। मौसममा सुधार नआएपछि सोमबार बिहानसम्म सवारीसाधन आवागमन रोकिएको जनाइएको छ।
सम्बन्धित खबर


प्रतिक्रिया