काभ्रेपलाञ्चोक । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध भएपछि काठमाडौं हुँदै पूर्वतर्फ जाने सबै सवारीसाधनलाई धुलिखेल चोकमा होल्ड गरिएको प्रहरीले जनाएको छ।
काभ्रेका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक कटान गरेपछि यातायात ठप्प भएको हो। नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेको प्रहरीले जनाएको छ। चौकीडाँडामा रोशी खोलाले डाइभर्सनसमेत कटान गरेको छ।
अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ। यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। काभ्रेभञ्ज्याङ र भकुण्डे क्षेत्रमा समेत सवारीसाधन होल्ड गरिएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया