भोटेकोशी बाढीमा मृतकको संख्या १,४०९ पुग्यो


काठमाडौँ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ४०९ पुगेको छ। नेपाल प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४०७ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो।

बाढी प्रभावित विभिन्न जिल्लामा सबैभन्दा धेरै शव चितवनमा ३६४, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२ र रसुवामा १९९ वटा फेला परेका छन्। शव पहिचानका लागि मृतक र आफन्तबाट हालसम्म ३ हजार २०० वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।

हालसम्म १ हजार २३७ शव व्यवस्थापन गरिसकिएको छ भने ४ हजार ८९ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, खोजी र शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार