प्रदेश लोक सेवा आयोग गण्डकीको छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश

प्रदेश र स्थानीय तहका कर्मचारी छनोटमा आयोगको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख भट्ट


पोखरा । प्रदेश लोक सेवा आयोग, गण्डकीले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कामकारबाही, उपलब्धि तथा प्रगति समेटिएको छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेश गरेको छ।

आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले बिहीबार प्रदेश प्रमुख भट्टसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले प्रदेश तथा स्थानीय तहका लागि आवश्यक जनशक्ति छनोट, भर्ना तथा सिफारिस गर्ने संवैधानिक तथा कानुनी जिम्मेवारी आयोगले निर्वाह गर्दै आएको उल्लेख गर्दै आयोगप्रति धन्यवाद व्यक्त गरे।

प्रदेश सरकार र स्थानीय तहको सेवा प्रवाह प्रभावकारी बनाउन योग्य, सक्षम र प्रतिस्पर्धी जनशक्ति छनोटको भूमिका महत्वपूर्ण हुने भन्दै उनले लोक सेवा आयोगको निष्पक्षता, विश्वसनीयता र व्यावसायिकता अझ बलियो बनाउनुपर्नेमा जोड दिए।

आयोगले प्रदेश लोक सेवा आयोग ऐन, २०७६’ को दफा ५० बमोजिम तोकिएको समयसीमाभित्रै आफ्नो वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेको हो।

आयोगको वार्षिक प्रतिवेदनले प्रदेश तथा स्थानीय तहको कर्मचारी व्यवस्थापन, पदपूर्ति तथा छनोट प्रक्रियामा आयोगले गरेका काम र हासिल गरेको प्रगतिलाई संस्थागत रूपमा अभिलेखीकरण गर्ने गर्दछ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार