सिटिजन्स बैंकको ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ र ‘सवारीसाधन कर्जा’ योजना


काठमाडौं, भदौ २४ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई आकर्षक बैंकिङ सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ तथा ‘सवारीसाधन कर्जा’ योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार ‘सजिलो घर कर्जा’मा ५ वर्षसम्म र ‘सवारीसाधन कर्जा’मा ३ वर्षसम्म ५.९९ प्रतिशत प्रतिवर्ष स्थिर ब्याजदर कायम रहनेछ। स्थिर ब्याजदरको अवधि समाप्त भएपछि बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ।

ग्राहकले उक्त योजनामा सहभागी हुन नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

सिटिजन्स बैंकले आधुनिक तथा डिजिटल बैंकिङ सेवाको विस्तारलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। बैंकले हालै लक्षित ग्राहकका लागि विभिन्न नयाँ बचत तथा डिजिटल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजिटल बैंक सेवा’ सञ्चालनमा ल्याइएको छ। साथै, प्रोफेसनलहरूलाई लक्षित गरी ‘प्रोफेसनल सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरिएको छ।

त्यसैगरी, बैंकले फोनपेन्सँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको जनाएको छ। मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि बैंकले उपलब्ध गराउँदै आएको छ।

बैंकले क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरेको जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार