काठमाडौं । नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधिसभाको बैठक जारी रहेकै बेला अचानक ढलेका छन्।
बिहीबार आफ्नो बोल्ने समय सकिएपछि सिटमा बसेका खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले बोलिरहेका बेला कुर्सीबाट ढलेका हुन्।
खड्का ढलेपछि संसद् सचिवालयको स्वास्थ्य इकाइमा सामान्य उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई एम्बुलेन्समार्फत वीर अस्पताल लगिएको छ।
उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।
सम्बन्धित खबर
