त्रिशूली–३ ‘बी’ सुरुङ उद्धारमा चिनियाँ विज्ञ टोली खटियो


काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार ६ सदस्यीय चिनियाँ विज्ञ टोली चिनियाँ हेलिकप्टरमार्फत घटनास्थल पुगेको हो। टोलीले नेपाली सेनाका विज्ञसँग सहकार्य गरी सुरुङभित्रको अवस्थाबारे प्राविधिक निरीक्षण गर्नेछ।

सुरुङभित्रको अवस्था र उद्धारको सम्भाव्यता अध्ययनपछि उद्धार कार्य अघि बढाइनेछ। उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा तयारी अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई समेत घटनास्थलमा परिचालन गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

२०८३ भाद्र १३, शनिबार १७:०१ प्रकाशित
ट्रेन्डिङ समाचार